तिम्रो याद आउँछ !

जब यी थोपाहरूले मेरो शरीरलाई छुन्छ, तिमीसंगै भएको अनुभूति दिन्छ, चिसो हावाले तिम्रो सुगन्ध मेरो सासमा मिसाउँछ फेरि पनि यो झरिले तिम्रो यााद बोकेर ल्याउँछ। कालो बादलमा खुशी देख्दा, तिम्रो मुहार सम्झन्छु, सप्तरङ्गी इन्द्रेणी देख्दा तिम्रो खुशी सम्झन्छु, फेरि पनि यो झरिले तिम्रो याद बोकेर ल्याउँछ। फूलका पातमा पानीका थोपाहरू जस्तै, तिम्रो ओठमा फैलिएको मुस्कान सम्झन्छु प्रिय, धर्ती र आकाश समाहित पार्ने यो झरिले थोरै आशा जगाउँछ फेरि पनि यो झरिले तिम्रो याद बोकेर ल्याउँछ ।