मुक्तक

मन जलेर खरानी भो न्याय चाहियो ।। आफ्नै मुटु बिरानी भो न्याय चाहियो ।। बन्धकी भो जिन्दगानी ,खुशी तमसुक, परेलीमा सुनामी भो न्याय चाहियो ।। *️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣ तिम्रो त्यो न्यानो काखमा निदाउँने भाग्यमानी ।। सामिप्यमा राखि तिमीलाई चिहाउँने भाग्यमानी ।। भाग्यमानी तिमीले सिन्दुर भर्ने त्यो सिउँदो , तिम्रो मुटु सङ्ग मुटु मिलाउने भाग्यमानी ।।।। *️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣ आज पनि तिम्रो नाम जप्दै रुन्छे तिम्रो काली!! आउँछौ भनि सपनामा कुर्दै हुन्छे तिम्रो काली!! फेरिएको परिवेशमा जिउने झिनो प्रयास गर्दै , अर्को जन्म संगै हुने आशा बुन्छे तिम्रो काली!! *️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣ तिमीले दिएको प्रभा मन पराए!! नसकेरै भुल्न तिम्रो यादमा हराए!! तिमी अब निसाभित्रै समेटिन थालेपछि, सम्हालेर मन आफ्नो भाग्यमै रमाए!!! *️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣ भजेर रातदिन गुनासो किन!! ए! मन यति धेरै चासो किन !! भरेर घैलो यादको फेरि, नयनमा आँसुको नासो किन!! *️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣ बसेको नयनमा तस्बिर फेरिने भए!! ...