मुक्तक
आफ्नै मुटु बिरानी भो न्याय चाहियो ।।
बन्धकी भो जिन्दगानी ,खुशी तमसुक,
परेलीमा सुनामी भो न्याय चाहियो ।।
*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣
तिम्रो त्यो न्यानो काखमा निदाउँने भाग्यमानी ।।
सामिप्यमा राखि तिमीलाई चिहाउँने भाग्यमानी ।।
भाग्यमानी तिमीले सिन्दुर भर्ने त्यो सिउँदो ,
तिम्रो मुटु सङ्ग मुटु मिलाउने भाग्यमानी ।।।।
*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣
आज पनि तिम्रो नाम जप्दै रुन्छे तिम्रो काली!!
आउँछौ भनि सपनामा कुर्दै हुन्छे तिम्रो काली!!
फेरिएको परिवेशमा जिउने झिनो प्रयास गर्दै ,
अर्को जन्म संगै हुने आशा बुन्छे तिम्रो काली!!
*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣
तिमीले दिएको प्रभा मन पराए!!
नसकेरै भुल्न तिम्रो यादमा हराए!!
तिमी अब निसाभित्रै समेटिन थालेपछि,
सम्हालेर मन आफ्नो भाग्यमै रमाए!!!
*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣
भजेर रातदिन गुनासो किन!!
ए! मन यति धेरै चासो किन !!
भरेर घैलो यादको फेरि,
नयनमा आँसुको नासो किन!!
*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣
बसेको नयनमा तस्बिर फेरिने भए!!
हरपल यादको जञ्जिर फेरिने भए!!
कुनै धर्म ,कुन मन्दिर कहाँ छोड्थे होला र?
मन्दिर गएर तक्दिर फेरिने भए !!
*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣
दिनरात अँध्यारो होला त्यति न हो!!!
तिमी बिना गाह्रो होला त्यति न हो!!!
मरि हाल्ने त होइन होला तिमी नबोले,
आँखामा आँसु प्यारो होला त्यति न हो!!
Comments
Post a Comment