महसुुस !

एक तिमी हुनु मा नै
 कति खास लाग्छ जिन्दगी 
तिम्रो एक  मुस्कानमा
 सारा खुशी महसुस हुन्छ,
तिमी रिसायौ जस्तो लाग्दा मात्रै पनि
 उदास लाग्छ दुनियाँ 
तिमी साथ हुदा 
रोशनी छ जिन्दगीमा  
तिमी  बिनाको संसार 
अन्धकार ।

तिम्रै लागि लडिरहेछ
हृदय मस्तिष्कसंग,
ओठ मुस्कुराउँछ
नयन चम्किन्छ
बतासमा सुगन्ध फैलन्छ
तिमी हरबखत घुमिरन्छौ
मथिङ्गलमा
धड्किन्छ मुटु
तिम्रो उपस्थिति को
कल्पनाले......!

Comments

Popular posts from this blog

"म महिला "

ताला र चाबि