महसुुस !

एक तिमी हुनु मा नै
 कति खास लाग्छ जिन्दगी 
तिम्रो एक  मुस्कानमा
 सारा खुशी महसुस हुन्छ,
तिमी रिसायौ जस्तो लाग्दा मात्रै पनि
 उदास लाग्छ दुनियाँ 
तिमी साथ हुदा 
रोशनी छ जिन्दगीमा  
तिमी  बिनाको संसार 
अन्धकार ।

तिम्रै लागि लडिरहेछ
हृदय मस्तिष्कसंग,
ओठ मुस्कुराउँछ
नयन चम्किन्छ
बतासमा सुगन्ध फैलन्छ
तिमी हरबखत घुमिरन्छौ
मथिङ्गलमा
धड्किन्छ मुटु
तिम्रो उपस्थिति को
कल्पनाले......!

Comments

Popular posts from this blog

गजल

भो दुख्न देऊ !(गजल)