तिम्रो सम्झनाले सताउँछ रातभर!! झस्काएर सपनिले अताउँछ रातभर!! सोध्छौ भने सोधि हेर के छ हालखबर भिजेको शिरानिले बताउँछ रातभर!! मैलेपनि बिर्सिदिन्छु अब बिर्सनेलाई झन बिर्सने कै याद आउँछ रातभर!! एक यो आशा छ मन भरि चुलिरहने एक यो चाहाना ले जगाउँछ रातभर!! *️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣ घरिघरि यस्तो लाग्छ मैले प्रेम दिएर गल्ती गरे मेरो खुशी उसको हातमा सुम्पिएर गल्ती गरे सुरु सुरुमा दुई मुटु एक प्राण भनेर जताइयो, उस लाई भर्ने चाहाना मा रित्तिएर गल्ती गरे एक घाउ तिमीले दियौ, मलम मृत्युले दिनेछ तिमी घाउ तिमी नै मलम सम्झिएर गल्ती गरे आशाहरु सजाएछु मन संग खेल्ने संग प्रेम मैदान हो उ खेलाडी बिर्सिएर गल्ती गरे के होला हाम्रो सम्बन्ध यदि म नै थाके भने म तिम्रो प्रेममा यसरी एकोहोरिएर गल्ती गरे
एक तिमी हुनु मा नै कति खास लाग्छ जिन्दगी तिम्रो एक मुस्कानमा सारा खुशी महसुस हुन्छ, तिमी रिसायौ जस्तो लाग्दा मात्रै पनि उदास लाग्छ दुनियाँ तिमी साथ हुदा रोशनी छ जिन्दगीमा तिमी बिनाको संसार अन्धकार । तिम्रै लागि लडिरहेछ हृदय मस्तिष्कसंग, ओठ मुस्कुराउँछ नयन चम्किन्छ बतासमा सुगन्ध फैलन्छ तिमी हरबखत घुमिरन्छौ मथिङ्गलमा धड्किन्छ मुटु तिम्रो उपस्थिति को कल्पनाले......!
भो नलगाउ मलम दुख्छ घाउ दुख्न देऊ !! भाला रोपेको पुरानो त्यो ठाउँ दुख्न देऊ !! तिमी त खुशी भाकल गरेर हिडेको मान्छे , रमाऊ उता शहरमा दुख्छ गाउँ दुख्न देऊ !! भन्छौअरे हिम्मत जुटाऊ खुशी फुल्नु पर्छ अब, मन दुखेको छ,अचेल नसम्झाऊ दुख्न देऊ !! खुशी त म नि छैन, तिमी सङ्ग छुट्टिएर भन्छौं भो अब सान्त्वना मलाई नलाऊ दुख्न देऊ !!
Comments
Post a Comment