म महिला भएकै कारण ले जीवनका रङ्गहरु माइतीघरमा समर्पण गरे, म महिला भएकै कारणले जीवनको भबिस्यहरु कर्मघरमा त्याग गरे, म महिला भएको कारणले हरेक लाञ्छनाको भागेदारी भोगिरहे । म हेपिए, म दबिए, म खुम्चिए कारण म महिला हुँ । एउटा पुरुषको शृङ्गारिक बस्तु, ईच्छा पूर्तिको साधन, घरको शोभा, मैले ईच्छा सजाउनु हुन्न, मैले रहर पलाउनुु हुन्न, कारण म महिला हुँ ।।।
एक तिमी हुनु मा नै कति खास लाग्छ जिन्दगी तिम्रो एक मुस्कानमा सारा खुशी महसुस हुन्छ, तिमी रिसायौ जस्तो लाग्दा मात्रै पनि उदास लाग्छ दुनियाँ तिमी साथ हुदा रोशनी छ जिन्दगीमा तिमी बिनाको संसार अन्धकार । तिम्रै लागि लडिरहेछ हृदय मस्तिष्कसंग, ओठ मुस्कुराउँछ नयन चम्किन्छ बतासमा सुगन्ध फैलन्छ तिमी हरबखत घुमिरन्छौ मथिङ्गलमा धड्किन्छ मुटु तिम्रो उपस्थिति को कल्पनाले......!
👌 उत्कृष्ट छ कविता। निरन्तर लेख्दै होला
ReplyDelete