"धर्ती र झरी "

निस्तब्ध! हेरिरहे छु बलेनिबाट झरिरहेका एकनास पानीका थोपाहरु लाग्छ फेरि रसाउने छ , ममत्वले फाटेको धर्तीका चिराहरु, उसैगरि फेरि एकपटक र एक दिन फेरि हराउने छ, घाम लागेर,हावा लागेर त्यो अपनत्व धर्तीले खोजी रहने छ, शिशिरमा,बसन्तमा अँह,मेटिने छैन तृप्तीको प्यास !!✍️✍️✍️✍️