"धर्ती र झरी "


निस्तब्ध!
हेरिरहे छु
बलेनिबाट झरिरहेका
एकनास  पानीका थोपाहरु
लाग्छ फेरि रसाउने छ ,
ममत्वले फाटेको धर्तीका चिराहरु,
उसैगरि फेरि एकपटक

एक दिन फेरि हराउने छ,
घाम लागेर,हावा लागेर
त्यो अपनत्व धर्तीले
खोजी रहने छ,
शिशिरमा,बसन्तमा
अँह,मेटिने छैन
तृप्तीको प्यास !!✍️✍️✍️✍️

Comments

Popular posts from this blog

गजल

महसुुस !

भो दुख्न देऊ !(गजल)