"म महिला "

 म महिला भएकै कारण ले
जीवनका रङ्गहरु 
माइतीघरमा समर्पण गरे,
म महिला भएकै कारणले
जीवनको भबिस्यहरु 
कर्मघरमा त्याग गरे,
म महिला भएको कारणले 
हरेक लाञ्छनाको भागेदारी भोगिरहे ।

म हेपिए,
म दबिए,
म खुम्चिए
कारण म महिला हुँ ।

एउटा पुरुषको 
शृङ्गारिक बस्तु,
ईच्छा पूर्तिको साधन,
घरको शोभा,
मैले ईच्छा सजाउनु हुन्न,
मैले रहर पलाउनुु हुन्न,
कारण म महिला हुँ ।।।



Comments

Post a Comment

Popular posts from this blog

गजल

महसुुस !

भो दुख्न देऊ !(गजल)