पछिल्तिर फर्किएर !

 एक हातमा दियो र 

एक हातमा पुष्प  लिएर 
पछ्याउँदै छन् खुशीहरु 
तिम्रो मार्गभरि .......
अनुभूति सुनाउन नभुल्नु है,
पछिल्तिर फर्किएर !

असमानता पाइलाहरु
कहिले पर्न सक्छन् ।
कहिले थकाइले 
मन हतास हुन पनि सक्छ ।
तर,
प्राप्ति छ,प्रगति छ।
साहस छ,उन्नति छ।
सिङ्गो वैभव छ।
तिम्रो मार्गभरि ......
तिम्रो वैभव देखाउन नभुल्नु है,
पछिल्तिर फर्किएर!

त्यो सुनौलो क्षितिजले
कुरिरहेछ
मीठो मधुमास बोकेर 
बासन्ती पवन छर्दै,
तिम्रो मार्गभरि .....
मुस्कुराउन नछोड्नु है,
पछिल्तिर फर्किएर !!!

Comments

Popular posts from this blog

"म महिला "

महसुुस !

ताला र चाबि