भो दुख्न देऊ !(गजल)
भो नलगाउ मलम दुख्छ घाउ दुख्न देऊ !!
भाला रोपेको पुरानो त्यो ठाउँ दुख्न देऊ !!
तिमी त खुशी भाकल गरेर हिडेको मान्छे ,
रमाऊ उता शहरमा दुख्छ गाउँ दुख्न देऊ !!
भन्छौअरे हिम्मत जुटाऊ खुशी फुल्नु पर्छ अब,
मन दुखेको छ,अचेल नसम्झाऊ दुख्न देऊ !!
खुशी त म नि छैन, तिमी सङ्ग छुट्टिएर भन्छौं
भो अब सान्त्वना मलाई नलाऊ दुख्न देऊ !!
Comments
Post a Comment