रानी पोखरी !
म रानीपोखरी बनेर जमिरहे। तिमी घन्टाघर बनेर हेरिरह्यौ ।तिम्रो प्यास मेटाउन म सङ्ली रहे । मेरो चोखो र पबित्र पनले आफ्नो गर्भासयमा तिम्रो निर्मल र कञ्चन आकृतिलाई समेटिरह्यो ।कहिले बादल बनेर विवशताहरु ले छेके पनि तिम्रो सुन्दर आकृति म पूणिर्माको चहकिलो परिवेशमा अनुत्तरित नयनहरु सङ्गै तिमीलाई अङ्गाल्न चहान्छु ।पारिबाट हेर्ने धरहराले बरु प्यासहरु मेट्ने प्रयत्न गर्यो होला । तिम्रो त्यो अविचलित मन कति कठोर रहेछ कुन्नि ? कहिले पनि मेरो यो छातीमा सल्बलाएकाा प्रेमका छालहरु अनुभव गर्न सकेनौं ।
तिमीले ठान्यौ होला माथिबाट उड्ने वाजले बिष्ट्याइ दिएको छ। सडकमा हिड्ने हजारौं बटुवाहरु ले थुकिदिएर म भित्र जुठ्याइएको छ। अझ ती असङ्ख्य मोटरहरु को धुवाँले मेरो आकृति नै कालो पारी दिएको छ। यस्तै सम्झे हौला नि हैन ? तिमी पनि आफ्नो पवित्र र प्रेमपूर्ण नयनले हेर्यौ भने निर्मल,कञ्चन र रङ्गहीन मात्र देख्ने छौ । मेरो मन,मुटु र हृदयभरि तिम्रो प्रतिविम्ब खोपेर म हजार पर्यटक सामु उभिएकी छु। कहिले नपुरिने,कहिले तृप्ति नहुने प्यासहरु बोकेर तिम्रो प्रतिक्षामा ।
तिमी युगीन चेतना बोकेर आऊ।तिमी जीवनका अपेक्षाहरु पूरा गर्न आऊ। तिम्रो रानीपोखरीले दशकदेखि तिम्रो प्रतिक्षामा झरी,बादल,गर्मी र जीवनका भङ्गालाहरु सहदै छ। सगरमाथा जस्तो अटल र अविचल तिम्रो छातीमा लुटपुटिएर अङ्गालो हाल्दै आफ्नोे बर्षौ देखिका प्यासहरु तृप्ति गरुँँ। तिमी हेर्दा कति सहज र नजिक छौ।अनुभव गर्दा मेरो आफ्नै मुटुभित्र पाउँछु।तिमी स्थिर छौ।तिमी मौन छौ।एउटा पुरुष जस्तो कुन चाहिँ समयलाई आफ्नो मेसोमा पार्ने सोची रहेछौं कुन्नि ?
तिम्रो त्यो भब्य रुपमा वैज्ञानिकहरु इतिहास खोज्छन् ।म बिगत खोजी रहन्छुु।तिमी र म सङ्गै भएको वर्तमान ।तिमी आफूलाई परिवर्तन गर्दै अग्लियौ,चुलियौ।म मेरो स्वरूपमा बतासको लहरले ठोकिँदै ,बजारिदैँ र पोखिदैँ गए। म जमेकी जस्तै देखिए तिमीले तृष्णाहरु जगाएर मलाई ब्यूझाउने आशामा।म गहिरिएर बसे तिमीलाई भिजाउने आशामा। म कञ्चन बनिरहे तिम्रो रङ्ग ले रङ्गिने रहरमा ।
आह! प्रस्तुति राम्रो र बेजोड छ...
ReplyDeleteधन्यवाद हजुर🙏
Delete