सम्झना


            

दराजको कुनामा एउटा मैलो किताब छ। फोटोकपी गरेर बनाइएको ।बाहिरी कभरमा विभिन्न साहित्यकारहरु सङ्गै छेउमा मेरो तस्बिर टाँसिएको । भित्री पानाहरुमा धेरै कुरा लेखिएको थियो ।जिन्दगीका रङहरु पोतिएका थिए।अधुरा कहानी सङ्गै आशाको किरणहरु दूर दूर क्षितिजमा सलबलाई रहेका।

 अहिले फुङ्ग उडेका छन् सबै । भित्र  फेरि कोरा बनेको छ।सायद अरु धेरै कुराहरु लेखिनु पर्ने छ।कहिलेकाही अत्यासले मन जल्दा दराज खोल्छु र हेर्छु ।आँखाभरि नाचिरहने उहीँ सपना कल्पना बन्छ। पल्याक पुलुक दायाँबायाँ हेरेर आँखाका आँसु पुछ्छु।अब मुस्कान बाध्यता बनेको छ र आँसु जिन्दगी।

मनले हँसाउन सक्छ,रुवाउन सक्छ,दुखाउन सक्छ र सम्हाल्न पनि यहि मनले सक्दो रहेछ।मन सम्हाल्नु पर्ने ,मन फुलाउनु पर्ने ,मनले कल्पना र सपना बुन्नु पर्ने ।आशामा जीवन डोर्‍याउनु र भविष्यको प्रतीक्षा गर्नु बाहेक  हाम्रो विकल्प केही नहुँदो रहेछ। भविष्य वर्तमान भएर उभिदिने  समस्याले हामी नाजुक भै सकेका हुन्छौ।कल्पना सधैं भविष्य हुन्छ र यथार्थ हाम्रो वर्तमान ।हामीलाई कल्पना मीठो लाग्छ र भविष्य सुन्दर ।

मनको बलेसीमा बगेका यी वेदनाहरु सम्हाल्नु पर्ने छ।टुटेको आत्मा,रुझेको नयन,दुखेको छाती,फुटेको 

मुटुबाट निस्केको दुई शब्द उनकै सम्झनामा कोरेको छु।केही राहतको लागि ,केही सन्तुष्टिको लागि र केही मन बुझाउने बहानाको लागि ।।।।।।।

Comments

Post a Comment

Popular posts from this blog

गजल

महसुुस !

भो दुख्न देऊ !(गजल)