कास म तारा बनु!💫
कास म एक तारा बनु!
आगोको बलिरहेको ज्वाला बनु
न मलाई कसैले छुन सकोस्
न कसैले मलाई सुन्न सकोस्
न मलाई कसैको चाहा होस्
टाढा कतै मेरो आफ्नै "संसार" बनाउ,
बादलको घुम्टो भित्र हराउ म
भीडहरुमा पनि एक्लो लागु,
सन्नाटाहरुमा चम्किलो लागू
रङ्गहरुमा फिक्का होस्
हेर्दा दूर दूर लागू,
महसुुस मनभित्र होस्
कास म तारा बन्न सकूँ।।।।।💫💫
कास म पनि तर बन सकूँ |
ReplyDelete😍😍🤗😊
Delete