एक रहर !



मेरो यी खस्रो गाला
तिमीले मुसारे देखि
मुलाएम लाग्नेछ ।

मेरो यो चर्केका ओठ 
तिमीले चुमे देखि 
गुलाफ को पत्र जस्तै 
रसिलो लाग्नेछ।

मेरो यी मुजा मुजा परेका हातहरु
तिमीले थामेदेखि
दरिला लाग्नेछन्।


मेरो यो सिङ्गो जिन्दगी 
तिमीले निहारे पछि 
जिन्दगी जिन्दगी लाग्नेछ ।




Comments

Popular posts from this blog

"म महिला "

महसुुस !

ताला र चाबि