मसंग छैन!

उ त्यो निलो आकाश माथि
उडिरहेने बादलको टुक्रोसंग पनि
डाहा छ, मलाई
किनकि
मसंग स्वतन्त्रता को पंख छैन.....!

तौलिएर हैसियतको तराजुमा
हिराससंग खेल्ने तिमीलाई
फुङ्ग उडेको पत्थरसंग
के लगाब......!
मसंग अस्तित्वको रङ्ग छैन.....!



मलाई जित्नुको कुनै रहर छैन

पुग्नुको कुनै लक्ष्य छैन

बाच्नु को कुनै जिन्दगी छैन र

हतारको गन्तव्य 

 त्यहि घाटसम्मको न हो

मसंग सिङ्गो जिन्दगीको जिन्दगी छैन ।

           शुभम्


Comments

Popular posts from this blog

"म महिला "

महसुुस !

ताला र चाबि