पर्खाइ !
यो शहरले
तिम्रो पाइतलाको डोब
छातिभरि लुकाएको छ
तिम्रो सुगन्ध हावामा
मिसिएर मगमगाउँछ
ति बाटाहरु
निर्बाध चलेको धड्कन
कोमल स्पर्श
मद्होसी मौसम
सामिप्यताको आलिङ्गन
अहो हेर्दाहेर्दै
यो समय फेरि दुश्मन
बनेर देखियो
र फेरि
अतृप्ति बनेर रहनेछ
एक भेेट मुटुमाझ।
Comments
Post a Comment