यस्तो लाग्छ !

जब यी नयनले 
तिम्रो अनुहार नियाल्न थाल्छन , 
यस्तो लाग्छ , समय
टक्क अडिदिए हुन्थ्यो 

जब तिम्रो अस्तित्व 
यो मनले महशुस गर्न थाल्छ
यस्तो लाग्छ ,समय
टक्क अडिदिए हुन्थ्यो 

जब क्षतविक्षत भएका 
मेरा भावनाका तरंगहरु
समेटिन थाल्छन् 
तिम्रो सामिप्यतामा
यस्तो लाग्छ, समय
टक्क अडिदिए हुन्थ्यो 

Comments

Popular posts from this blog

"म महिला "

महसुुस !

ताला र चाबि