Posts

भो दुख्न देऊ !(गजल)

Image
भो नलगाउ मलम दुख्छ घाउ दुख्न देऊ !! भाला रोपेको पुरानो त्यो ठाउँ दुख्न देऊ !! तिमी त खुशी भाकल गरेर हिडेको मान्छे , रमाऊ उता शहरमा दुख्छ गाउँ दुख्न देऊ !! भन्छौअरे हिम्मत जुटाऊ खुशी फुल्नु पर्छ अब, मन दुखेको छ,अचेल नसम्झाऊ दुख्न देऊ !! खुशी त म नि छैन, तिमी सङ्ग छुट्टिएर भन्छौं  भो अब सान्त्वना मलाई नलाऊ दुख्न देऊ !!

पछिल्तिर फर्किएर !

Image
  एक हातमा दियो र  एक हातमा पुष्प  लिएर  पछ्याउँदै छन् खुशीहरु  तिम्रो मार्गभरि ....... अनुभूति सुनाउन नभुल्नु है, पछिल्तिर फर्किएर ! असमानता पाइलाहरु कहिले पर्न सक्छन् । कहिले थकाइले  मन हतास हुन पनि सक्छ । तर, प्राप्ति छ,प्रगति छ। साहस छ,उन्नति छ। सिङ्गो वैभव छ। तिम्रो मार्गभरि ...... तिम्रो वैभव देखाउन नभुल्नु है, पछिल्तिर फर्किएर! त्यो सुनौलो क्षितिजले कुरिरहेछ मीठो मधुमास बोकेर  बासन्ती पवन छर्दै, तिम्रो मार्गभरि ..... मुस्कुराउन नछोड्नु है, पछिल्तिर फर्किएर !!!

रानी पोखरी !

Image
 म रानीपोखरी बनेर जमिरहे। तिमी घन्टाघर बनेर हेरिरह्यौ ।तिम्रो प्यास मेटाउन म सङ्ली रहे । मेरो  चोखो र पबित्र पनले आफ्नो गर्भासयमा तिम्रो निर्मल र कञ्चन आकृतिलाई समेटिरह्यो ।कहिले बादल बनेर विवशताहरु ले छेके पनि तिम्रो  सुन्दर आकृति म पूणिर्माको चहकिलो परिवेशमा अनुत्तरित नयनहरु सङ्गै तिमीलाई अङ्गाल्न चहान्छु ।पारिबाट  हेर्ने धरहराले बरु प्यासहरु मेट्ने प्रयत्न गर्यो होला । तिम्रो त्यो अविचलित मन कति कठोर रहेछ कुन्नि ? कहिले पनि मेरो  यो छातीमा सल्बलाएकाा प्रेमका छालहरु अनुभव गर्न सकेनौं । तिमीले ठान्यौ होला माथिबाट उड्ने वाजले बिष्ट्याइ दिएको छ। सडकमा हिड्ने हजारौं बटुवाहरु ले थुकिदिएर म भित्र  जुठ्याइएको छ। अझ ती असङ्ख्य मोटरहरु को धुवाँले मेरो आकृति नै कालो  पारी दिएको छ। यस्तै सम्झे हौला नि हैन ? तिमी पनि आफ्नो  पवित्र र प्रेमपूर्ण नयनले हेर्यौ भने निर्मल,कञ्चन र रङ्गहीन मात्र  देख्ने छौ । मेरो मन,मुटु र हृदयभरि तिम्रो प्रतिविम्ब खोपेर म हजार पर्यटक सामु उभिएकी छु। कहिले नपुरिने,कहिले तृप्ति नहुने प्यासहरु बोकेर तिम्रो प्रतिक्षामा । तिमी युगीन चेतना बोकेर आऊ।तिमी जीवनका अपेक्षाहरु पू...

"म महिला "

Image
  म महिला भएकै कारण ले जीवनका रङ्गहरु  माइतीघरमा समर्पण गरे, म महिला भएकै कारणले जीवनको भबिस्यहरु  कर्मघरमा त्याग गरे, म महिला भएको कारणले  हरेक लाञ्छनाको भागेदारी भोगिरहे । म हेपिए, म दबिए, म खुम्चिए कारण म महिला हुँ । एउटा पुरुषको  शृङ्गारिक बस्तु, ईच्छा पूर्तिको साधन, घरको शोभा, मैले ईच्छा सजाउनु हुन्न, मैले रहर पलाउनुु हुन्न, कारण म महिला हुँ ।।।

मुक्तक

Image
 मन जलेर खरानी भो न्याय चाहियो ।। आफ्नै मुटु बिरानी भो न्याय चाहियो ।। बन्धकी भो जिन्दगानी ,खुशी तमसुक, परेलीमा सुनामी भो न्याय  चाहियो  ।। *️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣ तिम्रो त्यो न्यानो काखमा निदाउँने भाग्यमानी ।। सामिप्यमा राखि तिमीलाई चिहाउँने भाग्यमानी ।। भाग्यमानी तिमीले सिन्दुर भर्ने त्यो सिउँदो , तिम्रो   मुटु   सङ्ग   मुटु  मिलाउने  भाग्यमानी ।।।। *️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣ आज पनि तिम्रो नाम जप्दै रुन्छे तिम्रो काली!! आउँछौ भनि सपनामा कुर्दै हुन्छे तिम्रो काली!! फेरिएको परिवेशमा जिउने झिनो  प्रयास गर्दै , अर्को  जन्म संगै  हुने आशा बुन्छे तिम्रो काली!! *️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣ तिमीले  दिएको प्रभा मन पराए!! नसकेरै  भुल्न  तिम्रो  यादमा हराए!! तिमी अब निसाभित्रै समेटिन थालेपछि, सम्हालेर मन आफ्नो भाग्यमै रमाए!!! *️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣ भजेर रातदिन गुनासो किन!! ए! मन यति धेरै चासो किन !! भरेर घैलो यादको फेरि, नयनमा आँसुको नासो किन!! *️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣ बसेको नयनमा तस्बिर फेरिने भए!! ...