Posts

यस्तो लाग्छ !

जब यी नयनले  तिम्रो अनुहार नियाल्न  थाल्छन ,  यस्तो लाग्छ , समय टक्क अडिदिए हुन्थ्यो  जब तिम्रो अस्तित्व  यो मनले महशुस गर्न थाल्छ यस्तो लाग्छ ,समय टक्क अडिदिए हुन्थ्यो  जब क्षतविक्षत भएका  मेरा भावनाका तरंगहरु समेटिन थाल्छन्  तिम्रो सामिप्यतामा यस्तो लाग्छ, समय टक्क अडिदिए हुन्थ्यो 

ताला र चाबि

Image
थाहा छैन  मेरो मनको कुनामा बर्षौ देखि  प्रेमले थुनिएका   भावनाका कति ढोका र  तिनका कति ताला  लुकेका छन् । म खोज्दै छु । धैर्यको चाबी  सायद  कुनै न कुनै दिन  भेटिने छ तिम्रो मन भित्र  मेरो प्रेमको चाबि र मिठा शब्दले  खोलोस् यी ढोकाहरू!

गजल

तिम्रो सम्झनाले सताउँछ रातभर!! झस्काएर सपनिले अताउँछ रातभर!! सोध्छौ भने सोधि हेर के छ हालखबर  भिजेको शिरानिले बताउँछ रातभर!! मैलेपनि बिर्सिदिन्छु अब बिर्सनेलाई झन बिर्सने कै याद आउँछ रातभर!! एक यो  आशा छ मन भरि चुलिरहने एक यो चाहाना ले जगाउँछ रातभर!! *️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣ घरिघरि यस्तो लाग्छ मैले प्रेम दिएर गल्ती गरे मेरो खुशी उसको हातमा सुम्पिएर गल्ती गरे सुरु सुरुमा दुई मुटु एक प्राण भनेर जताइय‍ो, उस लाई भर्ने चाहाना मा रित्तिएर गल्ती गरे एक घाउ तिमीले दियौ, मलम मृत्युले दिनेछ तिमी घाउ तिमी नै मलम सम्झिएर गल्ती गरे आशाहरु सजाएछु मन संग खेल्ने संग  प्रेम मैदान हो उ खेलाडी  बिर्सिएर गल्ती गरे के होला हाम्रो सम्बन्ध यदि म नै थाके भने म तिम्रो प्रेममा यसरी एकोहोरिएर गल्ती गरे

पर्खाइ !

Image
यो शहरले तिम्रो पाइतलाको डोब छातिभरि लुकाएको छ  तिम्रो सुगन्ध हावामा  मिसिएर मगमगाउँछ ति बाटाहरु  निर्बाध चलेको धड्कन कोमल स्पर्श  मद्होसी मौसम सामिप्यताको आलिङ्गन अहो हेर्दाहेर्दै  यो समय फेरि दुश्मन  बनेर देखियो    र फेरि अतृप्ति बनेर रहनेछ एक भेेट मुटुमाझ। 

धन्यवाद छ तिमीलाई !

Image
यो दिलभित्र बलेको प्रेमको राप  अहँ कसैगरि निभ्ने छैन, तिम्रो स्पर्श बाहेक मलाई  केही शितल लाग्दैन  धन्यवाद छ तिमीलाई यो शितलताको लागि। तिमी संग बिताएका पलहरु समम्झदा पनि मन भित्र  छुट्टै आनन्द को महसुस हुन्छ धन्यवाद छ तिमीलाई  यो सन्तुष्टि को लागि । अधुरो ,अपुरो मनको रहर समेटिएर तिम्रो अंगालोमा  आफूलाई संसारकै भाग्यमानी पाए मेटाएर यो तृष्णा ,यो अपुर्णता, धन्यवाद छ तिमीलाई  मलाई पूर्ण बनाएको मा ।

महसुुस !

Image
एक तिमी हुनु मा नै  कति खास लाग्छ जिन्दगी  तिम्रो एक  मुस्कानमा  सारा खुशी महसुस हुन्छ, तिमी रिसायौ जस्तो लाग्दा मात्रै पनि  उदास लाग्छ दुनियाँ  तिमी साथ हुदा  रोशनी छ जिन्दगीमा   तिमी  बिनाको संसार  अन्धकार । तिम्रै लागि लडिरहेछ हृदय मस्तिष्कसंग, ओठ मुस्कुराउँछ नयन चम्किन्छ बतासमा सुगन्ध फैलन्छ तिमी हरबखत घुमिरन्छौ मथिङ्गलमा धड्किन्छ मुटु तिम्रो उपस्थिति को कल्पनाले......!