Posts

महसुुस !

Image
एक तिमी हुनु मा नै  कति खास लाग्छ जिन्दगी  तिम्रो एक  मुस्कानमा  सारा खुशी महसुस हुन्छ, तिमी रिसायौ जस्तो लाग्दा मात्रै पनि  उदास लाग्छ दुनियाँ  तिमी साथ हुदा  रोशनी छ जिन्दगीमा   तिमी  बिनाको संसार  अन्धकार । तिम्रै लागि लडिरहेछ हृदय मस्तिष्कसंग, ओठ मुस्कुराउँछ नयन चम्किन्छ बतासमा सुगन्ध फैलन्छ तिमी हरबखत घुमिरन्छौ मथिङ्गलमा धड्किन्छ मुटु तिम्रो उपस्थिति को कल्पनाले......!

मसंग छैन!

Image
उ त्यो निलो आकाश माथि उडिरहेने बादलको टुक्रोसंग पनि डाहा छ, मलाई किनकि मसंग स्वतन्त्रता को पंख छैन.....! तौलिएर हैसियतको तराजुमा हिराससंग खेल्ने तिमीलाई फुङ्ग उडेको पत्थरसंग के लगाब......! मसंग अस्तित्वको रङ्ग छैन.....! मलाई जित्नुको कुनै रहर छैन पुग्नुको कुनै लक्ष्य छैन बाच्नु को कुनै जिन्दगी छैन र हतारको गन्तव्य   त्यहि घाटसम्मको न हो मसंग सिङ्गो जिन्दगीको जिन्दगी छैन ।            शुभम्

एक रहर !

Image
मेरो यी खस्रो गाला तिमीले मुसारे देखि मुलाएम लाग्नेछ । मेरो यो चर्केका ओठ  तिमीले चुमे देखि  गुलाफ को पत्र जस्तै  रसिलो लाग्नेछ। मेरो यी मुजा मुजा परेका हातहरु तिमीले थामेदेखि दरिला लाग्नेछन्। मेरो यो सिङ्गो जिन्दगी  तिमीले निहारे पछि  जिन्दगी जिन्दगी लाग्नेछ ।

तिम्रो याद आउँछ !

Image
जब यी थोपाहरूले मेरो शरीरलाई छुन्छ,  तिमीसंगै भएको अनुभूति दिन्छ,  चिसो हावाले तिम्रो सुगन्ध  मेरो सासमा मिसाउँछ फेरि पनि यो झरिले तिम्रो यााद बोकेर ल्याउँछ।  कालो बादलमा खुशी देख्दा,  तिम्रो मुहार सम्झन्छु,  सप्तरङ्गी इन्द्रेणी देख्दा तिम्रो  खुशी सम्झन्छु, फेरि पनि यो झरिले तिम्रो याद बोकेर ल्याउँछ। फूलका पातमा पानीका थोपाहरू जस्तै,  तिम्रो ओठमा फैलिएको मुस्कान सम्झन्छु  प्रिय,  धर्ती र आकाश समाहित पार्ने यो झरिले थोरै आशा जगाउँछ फेरि पनि यो झरिले तिम्रो याद बोकेर ल्याउँछ ।

कास म तारा बनु!💫

Image
कास म एक तारा बनु!   आगोको बलिरहेको ज्वाला बनु  न मलाई कसैले छुन सकोस्   न कसैले मलाई सुन्न सकोस्   न मलाई कसैको चाहा होस् टाढा कतै मेरो आफ्नै "संसार" बनाउ,  बादलको घुम्टो भित्र हराउ म   ️ कास म  तारा बन्न सकूँ।💫💫 भीडहरुमा पनि एक्लो लागु, सन्नाटाहरुमा चम्किलो लागू रङ्गहरुमा फिक्का होस्  हेर्दा दूर दूर लागू, महसुुस मनभित्र होस् कास म तारा बन्न सकूँ।।।।।💫💫

"धर्ती र झरी "

Image
निस्तब्ध! हेरिरहे छु बलेनिबाट झरिरहेका एकनास  पानीका थोपाहरु लाग्छ फेरि रसाउने छ , ममत्वले फाटेको धर्तीका चिराहरु, उसैगरि फेरि एकपटक र एक दिन फेरि हराउने छ, घाम लागेर,हावा लागेर त्यो अपनत्व धर्तीले खोजी रहने छ, शिशिरमा,बसन्तमा अँह,मेटिने छैन तृप्तीको प्यास !!✍️✍️✍️✍️

सम्झना

Image
             दराजको कुनामा एउटा मैलो किताब छ। फोटोकपी गरेर बनाइएको ।बाहिरी कभरमा विभिन्न साहित्यकारहरु सङ्गै छेउमा मेरो तस्बिर टाँसिएको । भित्री पानाहरुमा धेरै कुरा लेखिएको थियो ।जिन्दगीका रङहरु पोतिएका थिए।अधुरा कहानी सङ्गै आशाको किरणहरु दूर दूर क्षितिजमा सलबलाई रहेका।  अहिले फुङ्ग उडेका छन् सबै । भित्र  फेरि कोरा बनेको छ।सायद अरु धेरै कुराहरु लेखिनु पर्ने छ।कहिलेकाही अत्यासले मन जल्दा दराज खोल्छु र हेर्छु ।आँखाभरि नाचिरहने उहीँ सपना कल्पना बन्छ। पल्याक पुलुक दायाँबायाँ हेरेर आँखाका आँसु पुछ्छु।अब मुस्कान बाध्यता बनेको छ र आँसु जिन्दगी। मनले हँसाउन सक्छ,रुवाउन सक्छ,दुखाउन सक्छ र सम्हाल्न पनि यहि मनले सक्दो रहेछ।मन सम्हाल्नु पर्ने ,मन फुलाउनु पर्ने ,मनले कल्पना र सपना बुन्नु पर्ने ।आशामा जीवन डोर्‍याउनु र भविष्यको प्रतीक्षा गर्नु बाहेक  हाम्रो विकल्प केही नहुँदो रहेछ। भविष्य वर्तमान भएर उभिदिने  समस्याले हामी नाजुक भै सकेका हुन्छौ।कल्पना सधैं भविष्य हुन्छ र यथार्थ हाम्रो वर्तमान ।हामीलाई कल्पना मीठो लाग्छ र भविष्य सुन्दर । मनको बलेसीमा बगेका यी वेदनाहरु सम्हाल्नु पर्ने छ।टुटेको आत्मा...