- Get link
- X
- Other Apps
Posts
गजल
- Get link
- X
- Other Apps
तिम्रो सम्झनाले सताउँछ रातभर!! झस्काएर सपनिले अताउँछ रातभर!! सोध्छौ भने सोधि हेर के छ हालखबर भिजेको शिरानिले बताउँछ रातभर!! मैलेपनि बिर्सिदिन्छु अब बिर्सनेलाई झन बिर्सने कै याद आउँछ रातभर!! एक यो आशा छ मन भरि चुलिरहने एक यो चाहाना ले जगाउँछ रातभर!! *️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣*️⃣ घरिघरि यस्तो लाग्छ मैले प्रेम दिएर गल्ती गरे मेरो खुशी उसको हातमा सुम्पिएर गल्ती गरे सुरु सुरुमा दुई मुटु एक प्राण भनेर जताइयो, उस लाई भर्ने चाहाना मा रित्तिएर गल्ती गरे एक घाउ तिमीले दियौ, मलम मृत्युले दिनेछ तिमी घाउ तिमी नै मलम सम्झिएर गल्ती गरे आशाहरु सजाएछु मन संग खेल्ने संग प्रेम मैदान हो उ खेलाडी बिर्सिएर गल्ती गरे के होला हाम्रो सम्बन्ध यदि म नै थाके भने म तिम्रो प्रेममा यसरी एकोहोरिएर गल्ती गरे
धन्यवाद छ तिमीलाई !
- Get link
- X
- Other Apps
यो दिलभित्र बलेको प्रेमको राप अहँ कसैगरि निभ्ने छैन, तिम्रो स्पर्श बाहेक मलाई केही शितल लाग्दैन धन्यवाद छ तिमीलाई यो शितलताको लागि। तिमी संग बिताएका पलहरु समम्झदा पनि मन भित्र छुट्टै आनन्द को महसुस हुन्छ धन्यवाद छ तिमीलाई यो सन्तुष्टि को लागि । अधुरो ,अपुरो मनको रहर समेटिएर तिम्रो अंगालोमा आफूलाई संसारकै भाग्यमानी पाए मेटाएर यो तृष्णा ,यो अपुर्णता, धन्यवाद छ तिमीलाई मलाई पूर्ण बनाएको मा ।
महसुुस !
- Get link
- X
- Other Apps
एक तिमी हुनु मा नै कति खास लाग्छ जिन्दगी तिम्रो एक मुस्कानमा सारा खुशी महसुस हुन्छ, तिमी रिसायौ जस्तो लाग्दा मात्रै पनि उदास लाग्छ दुनियाँ तिमी साथ हुदा रोशनी छ जिन्दगीमा तिमी बिनाको संसार अन्धकार । तिम्रै लागि लडिरहेछ हृदय मस्तिष्कसंग, ओठ मुस्कुराउँछ नयन चम्किन्छ बतासमा सुगन्ध फैलन्छ तिमी हरबखत घुमिरन्छौ मथिङ्गलमा धड्किन्छ मुटु तिम्रो उपस्थिति को कल्पनाले......!
मसंग छैन!
- Get link
- X
- Other Apps
उ त्यो निलो आकाश माथि उडिरहेने बादलको टुक्रोसंग पनि डाहा छ, मलाई किनकि मसंग स्वतन्त्रता को पंख छैन.....! तौलिएर हैसियतको तराजुमा हिराससंग खेल्ने तिमीलाई फुङ्ग उडेको पत्थरसंग के लगाब......! मसंग अस्तित्वको रङ्ग छैन.....! मलाई जित्नुको कुनै रहर छैन पुग्नुको कुनै लक्ष्य छैन बाच्नु को कुनै जिन्दगी छैन र हतारको गन्तव्य त्यहि घाटसम्मको न हो मसंग सिङ्गो जिन्दगीको जिन्दगी छैन । शुभम्